२०८३ साउन ११ , सोमबार

व्यास–ऋषिङ जोड्ने सेती नदीको मोटरवेल पुलका लागि प्रदेशबाट दुई करोड बजेट



तनहुँको व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने सेती नदीमाथिको निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ मा रु दुई करोड बजेट विनियोजन गरेको छ।

विसं २०७७ चैत २३ गतेदेखि निर्माण सुरु भएको पुल निर्माण व्यवसायीको ढिलासुस्ती र बजेट अभावका कारण समयमा सम्पन्न हुन सकेको छैन। हालसम्म चार पटक म्याद थप भइसकेको पुलको अन्तिम समयसीमा विसं २०८३ असोज ३० गतेसम्म तोकिएको छ।

रु ३२ करोड ४० लाख लागतमा निर्माण भइरहेको १५४ मिटर लामो स्टिल ट्रस पुलको काम पछिल्लो समय तीव्र गतिमा अघि बढेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। पुल बनेपछि व्यास र ऋषिङका स्थानीयलाई दमौली आवतजावतमा सहज हुने छ ।

प्रकाशित मिति : २०८३ असार २० गते शनिबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।