
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने भएका छन् । सांसदहरूसँग नियमित प्रश्नोत्तर अगाडि प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने भएका हुन् ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘प्रधानमन्त्रीज्यूको आज प्रश्नोत्तरमा सहभागी हुने नियमित कार्यसूची रहेको छ । त्योभन्दा अघि उहाँले विशेष सम्बोधन गर्नुहुनेछ ।
सम्बोधनमा सरकारको काम, वर्तमान राजनीतिक परिस्थिति र तथा प्रतिपक्षी दलका नेता गर्नुभएको सम्बोधनको जवाफलगायत विषय समावेश हुनेछन् ।’ प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।
प्रकाशित मिति : २०८२ साउन ७ गते बुधबार











प्रतिक्रिया दिनुहोस्