२०८३ वैशाख ८ , मंगलबार

भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त



नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई उक्त मन्त्रालयको जिम्मेवारी दिइएका हुन्।

राष्ट्रपतिको कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा न्यौपानेले मन्त्रालयको कार्यभार सम्हाल्ने उल्लेख गरिएको छ। यसअघि उक्त मन्त्रालयका मन्त्री राजकुमार गुप्ता रहेका थिए । कर्मचारी सरुवामा घुस ७८ लाख घुस मागेको र स्वीकार गरेका मन्त्री गुप्तालाई क्याबिनेटमा राखेर सोमबार बैठक चलाएका ओलीले मंगलबार बिहान राजीनामा दिएका थिए।

गुप्ताको राजीनापछि रिक्त बनेको पदमा न्यौपानेलाई तत्काल नियुक्त गरिएको हो। गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गरिरहेकी न्यौपाने २०७६ सालमा निर्वाचित भएकी हुन्। उनको कार्यकाल आगामी २० फागुनमा समाप्त हुँदैछ। २०७४ सालको स्थानीय तहको चुनावमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित भएकी हुन् । मेयरमा कांग्रेसका उदयराज गौलीले ९ हजार ५०५ मत ल्याउँदा न्यौपाने ८ हजार ९९९ मतमै सीमित हुँदा पराजित भएकी थिइन्।

प्रकाशित मिति : २०८२ असार ३१ गते मंगलबार