
जुम्ला जिल्लामा रहेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय खारेज भएको छ ।
साबिक कर्णालीका जुम्ला, कालीकोट, मुगु र हुम्ला कार्यक्षेत्र रहेको यो कार्यालय विसं २०७५ मा स्थापना भएको थियो । कार्यालय खारेजसँगै एक अर्ब २६ करोड रुपियाँ लागतको धौलिगाड खानेपानी आयोजना प्रभावित हुने भन्दै स्थानीय चिन्तित छन् ।
सरकारले २०८१ चैत ११ गते निर्णय गरी २०८२ साउन १ गतेबाट यो कार्यालयसहित १५ अस्थायी कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।
अब यी जिल्लाका सेवा सुर्खेतबाट सञ्चालन हुने छन् । दुई करोड ५० लाख लागतमा बनेको नयाँ पक्की भवन पनि प्रयोगविहीन बन्ने स्थिति आएको छ ।
नेपाल पत्रकार महासङ्घ जुम्ला अध्यक्ष पूर्णप्रसाद चौलागाईंले यो निर्णय तत्काल बदर गरी कार्यालय पुन:स्थापना हुनुपर्ने माग गरेका छन् ।
प्रकाशित मिति : २०८२ असार ३० गते सोमबार











प्रतिक्रिया दिनुहोस्