२०८३ भदौ ३० , मंगलबार

एमालेले टुंग्यायो बागमतीको मुख्यमन्त्री, किरण थापा अघि सारिँदै



नेकपा एमाले बागमती प्रदेशमा मुख्यमन्त्रीको उम्मेदवारका विषयमा सहमति जुटेको छ। मंगलबार पार्टी केन्द्रीय सचिव महेश बस्नेत र राजन भट्टराईसहितका नेताबीच भएको छलफलपछि भक्तपुरका सांसद किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति भएको प्रदेश सांसद केशव पोखरेलले जानकारी दिए।

सहमति अनुसार बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया भने दलको नेतामै कायम रहनेछन्। थपलियालाई दलको नेता कायमै राखेर थापालाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने एमालेको तयारी छ।

यसअघि प्रदेश सभामा एमाले संसदीय दलका नेता थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो। पछिल्लो सहमतिपछि प्रदेश संसदीय दलको बैठक मंगलबार दिउँसो हेटौँडामा बसेर थापालाई मुख्यमन्त्रीका रूपमा औपचारिक रूपमा अघि सार्ने निर्णय गरेको छ।

प्रकाशित मिति : २०८३ भदौ २ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।