मुगु जिल्लाकाे छायाँनाथ रारा नगरपालिका–५ का साहाराविहीन दम्पतीको उद्धार गरिएको छ। विगत ६ वर्षदेखि गमगढी बजारको सडक किनारामा कष्टकर जीवन बिताइरहेका ४७ वर्षीय गिरी नेपाली र ४५ वर्षीया भदुरी नेपालीलाई उद्धार गरी सुरक्षित आश्रयमा पु¥याइएको हो।

मुगुम कार्मारोङ गाउँपालिका, जनस्वास्थ्य निरीक्षक बलि बहादुर बुढाको पहलमा दम्पतीको उद्धार गरिएको हो। उद्धारपछि उनीहरूलाई सुर्खेतस्थित मानव सेवा आश्रममा पुनःस्थापना गरिएको जनाइएको छ।
गिरी नेपाली शारीरिक तथा मानसिक रूपमा अस्वस्थ रहेका छन् भने भदुरी नेपाली शारीरिक रूपमा अस्वस्थ र अत्यन्तै कमजोर अवस्थामा छन्। लामो समयदेखि सडक किनारामै बस्न बाध्य भएका उनीहरू अत्यन्तै कठिन परिस्थितिमा जीवनयापन गर्दै आएका थिए।
उद्धारपछि दम्पतीलाई आवश्यक स्वास्थ्य परीक्षण, उपचार तथा संरक्षणको व्यवस्था मिलाइएको बुढाले बताए ।
प्रकाशित मिति : २०८२ माघ १४ गते बुधबार











प्रतिक्रिया दिनुहोस्