हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलो पटक हिमपात भएको छ।

हरेक वर्ष मंसिर महिनादेखि सुरु हुने हिमपात जलवायु परिवर्तनका कारण यस वर्ष ढिलो गरी माघ महिनामा भएको हो।
लामो समयसम्म हिमपात नहुँदा हुम्लाका कृषकहरू चिन्तित बनेका थिए। कार्तिक महिनामा छरेको जेठासी बाली सुक्दै जान थालेपछि किसानहरूमा निराशा छाएको थियो।
तर माघ महिनामा हिमपात भएपछि कृषकहरूको मुहारमा खुशी छाएको छ।
यसैबीच, जल तथा मौसम विज्ञान विभागले हिमपातको पूर्वानुमान गर्दै सूचना जारी गरेपछि जिल्ला प्रशासन कार्यालय हुम्लाले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।
हिमपात हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।


प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रबार











प्रतिक्रिया दिनुहोस्