२०८३ वैशाख ६ , आइतबार

भेरीगंगामा बाघको आक्रमणबाट महिलाको मृत्यु



सुर्खेतको भेरीगंगा नगरपालिका–५, गेरवानीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

मृतक स्थानीय नरबहादुर सारुको श्रीमती ५७ वर्षीया गंगा सारु हुन्।

प्रहरीका अनुसार गंगा सारु  पुस २२ गते बिहान करिब ८ बजे कसैलाई जानकारी नदिई घरबाट निस्किएकी थिइन्। भोलिपल्ट पुस २३ गते बिहान उनका नातिनीहरू घरदेखि करिब १०० मिटर उत्तरतर्फ रहेको सालघारीमा घाँस काट्न जाँदा उनी लगाएका कपडा र चप्पलसहित रगत देखेपछि घटना सार्वजनिक भएको हो।

खोजीका क्रममा घटनास्थलबाट करिब ६०० मिटर पूर्वतर्फ महिलाको टाउको र त्यसपछि करिब ३०० मिटर पश्चिमतर्फ शरीरका अन्य भाग फेला परेको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी, नेपाली सेना, वन कर्मचारी तथा स्थानीय जनप्रतिनिधिसहितको टोली घटनास्थलमा खटिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार बाघको आक्रमणबाट मृत्यु भएको आशंका गरिएको छ।

प्रकाशित मिति : २०८२ पुस २३ गते बुधबार