३ असार, सुर्खेत । सुर्खेतबाट ३१ दिनको खाली खुट्टा यात्रा तय गर्दै संघीय राजधानी काठमाडौं आएका नवराज बोहरालाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न दिइएको छैन।
अनियमितता, भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै र कर्णालीका मुद्दाहरू लिएर जेठ ४ गते सुर्खेतबाट काठमाडौंका लागि पैदल यात्रा थालेका बोहरा मंगलबार राजधानी पुगेका थिए। तर, प्रधानमन्त्री निवास बालुवाटार पुग्दा उनलाई प्रहरीले रोकेको थियो।
उनलाई बालुवाटार पुग्नासाथ प्रहरीको निगरानीमा राखिए र प्रधानमन्त्रीलाई भेट्नै नदिइ फर्काइयो। त्यसपछि उनी सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगे पनि प्रधानमन्त्रीसँग भेट हुन सकेन।
प्रधानमन्त्रीको अनुपस्थितिमा उनले सिंहदरबारमा मुख्यसचिव एकनारायण अर्याललाई आफ्नो अभियानबारे जानकारी गराएको प्रहरीले जनाएको छ। सिंहदरबार परिसरमै सञ्चारकर्मीहरूसँग कुरा गर्न खोज्दा पनि उनलाई प्रहरीले रोक लगाएको थियो।
उनले यात्रा प्रारम्भ गर्नुअघि नै कर्णालीमा बढ्दो भ्रष्टाचार, बजेटको दुरुपयोग, पहुँचवालाको एकाधिकार र जनतामाथिको राज्यको उपेक्षाविरुद्ध शान्तिपूर्ण अभियान सञ्चालन गर्ने बताउँदै आएका थिए।











प्रतिक्रिया दिनुहोस्