२०८३ वैशाख १० , बिहीबार

आज प्रतितोला ७ सय रुपैयाँले सुनको मूल्य वूद्धि



आइतबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला ७ सय रुपैयाँले सुनको मूल्य बढेको हो ।

अघिल्लो दिन शुक्रबार तोलामा २७ सय बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ३९ हजार रुपैयाँ थियो ।

यसअघि असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँले मूल्य घट्दै चाँदी प्रतितोला ३०५५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक १६ गते आइतबार