२०८३ वैशाख १० , बिहीबार

संविधान संशोधन बहसपत्र तयार गर्न छलफल



सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक बसेको छ।

सरकारले प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा उक्त कार्यदल गठन गरेको हो। बैठकमा संविधान संशोधनको बहसपत्रको प्रारूप र विषयवस्तुका बारेमा छलफल गरिएको जनाइएको छ।

यसअघि बसेको पहिलो बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा कार्यदलका सदस्यहरूबीच प्रारम्भिक छलफल भएको थियो। कार्यदलले सबै राजनीतिक दललाई संविधान संशोधनसम्बन्धी आफ्ना प्रस्ताव पठाउन आग्रह गरेको थियो।

हालसम्म केही दलले आफ्ना प्रस्ताव पठाइसकेका छन् भने अन्य दलहरूबाट प्रस्ताव आउने क्रम जारी रहेको बताइएको छ।

प्रकाशित मिति : २०८३ वैशाख १० गते बिहीबार