२०८३ कात्तिक १२ , बुधबार

कांग्रेस महाधिवेशन : कुन पदमा कति उम्मेदवारी शुल्क ?



नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारी दर्ता शुल्क निर्धारण गरिएको छ।

निर्वाचन समितिका अनुसार सभापति पदका लागि ४० हजार रुपैयाँ, उपसभापति र महामन्त्रीका लागि ३०–३० हजार रुपैयाँ, सहमहामन्त्रीका लागि २० हजार रुपैयाँ तथा केन्द्रीय सदस्य पदका लागि ११ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ।

निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारहरूले असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सक्नेछन्। मतदान भने असोज २२ गते बिहान ७ः३० बजेदेखि साँझ ५ बजेसम्म हुने तय गरिएको छ।

 

प्रकाशित मिति : २०८३ असोज १८ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।