नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहका अधिवेशन तथा नेतृत्व चयन प्रक्रिया अघि बढिरहेका बेला सुर्खेतको चौकुने गाउँपालिकाको सभापतिका लागि युवा नेता हरिचन्द्र भण्डारीले उम्मेदवारी दिने घोषणा गरेका छन्।

चौकुने गाउँपालिका–२ लगाम निवासी भण्डारीले गाउँपालिका सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। उनले सामाजिक सञ्जालमा लेख्दै “नेपाली काङ्ग्रेस चौकुने गाउपालिको १५ महाधिबेशनमा चौकुने गाउपालिका सभापति पदमा उम्मेदारि दिने निर्णय गरेको छु। यहाहरुको सहयोग अपेक्षा गरेको छु।” उनले भने ।
पार्टीलाई थप सुदृढ, व्यवस्थित र सक्रिय बनाउँदै संगठन विस्तारमा भूमिका खेल्ने उद्देश्यसहित नेतृत्वका लागि अघि बढेको उनले बताए ।
युवा पुस्ताको सहभागिता र नेतृत्वलाई प्राथमिकता दिँदै पार्टी संगठनलाई जनस्तरसम्म थप प्रभावकारी बनाउने आफ्नो उद्देश्य रहेको भण्डारीको भनाइ छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चौकुने गाउँपालिकामा पनि नेतृत्व चयनको तयारी भइरहेका बेला भण्डारीको उम्मेदवारी घोषणालाई स्थानीय कांग्रेस वृत्तमा चासोका साथ हेरिएको छ।









Dai lai congratulations