२०८३ भदौ ३१ , बुधबार

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा छापामारीप्रति आपत्ति



बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो निवास र कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाएका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार हेटौँडास्थित उनको घर र बानियाँ निर्माण सेवाका कार्यालयमा छापा मारेको थियो।

प्रेस विज्ञप्तिमार्फत बानियाँले आफूले सुशासन, पारदर्शिता र मितव्ययितामा जोड दिँदै आएको बताएका छन्। उनले अनुसन्धानलाई सकारात्मक रूपमा लिएको जनाउँदै कानुनी दायराभित्र रहेर हुने सबै छानबिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, अकस्मात् गरिएको छापामारीले आफ्नो व्यक्तिगत र सामाजिक छविमा असर परेको भन्दै उनले आपत्ति जनाएका छन्।

प्रकाशित मिति : २०८३ वैशाख २१ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।