२०८३ भदौ २७ , शनिबार

फिल्म ‘लालीबजार’ विवादमा तानियो, उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश



फिल्म ‘लालीबजार’को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटन मा दायर रिट निवेदनमा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ।

मंगलबार न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले उक्त आदेश जारी गरेको हो। आदेशसँगै फिल्मको प्रदर्शन प्रक्रिया अस्थायी रूपमा प्रभावित हुने देखिएको छ।

यसअघि सोमबार वादी समुदायको तर्फबाट रोशनी नेपालीले रिट दायर गरेकी थिइन्। फिल्ममा वादी समुदायसम्बन्धी विषय प्रस्तुत गरिएकोप्रति असन्तुष्टि जनाउँदै अदालतमा निवेदन दिइएको हो।

निर्देशक यम थापा को निर्देशनमा बनेको ‘लालीबजार’ आगामी १८ वैशाखदेखि प्रदर्शन गर्ने तयारीमा थियो। तर अदालतको आदेशपछि फिल्मको प्रदर्शन मिति अन्योलमा परेको छ।

प्रकाशित मिति : २०८३ वैशाख १५ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।