राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुकुम पश्चिम जिल्ला सभापति मानबहादुर शाही ले पदबाट राजीनामा दिएका छन्।
प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनले जिल्ला सभापतिको जिम्मेवारीबाट अलग हुने निर्णय गरेका हुन्। शाही रुकुम पश्चिमबाट रास्वपाका उम्मेदवार थिए।
पार्टीका संस्थापक जिल्ला सभापति समेत रहेका उनले सामाजिक सञ्जालमार्फत् राजीनामा दिएको जानकारी दिएका छन्।
उनले लेखेका छन्, “यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा रुकुम पश्चिमबाट राष्ट्रिय स्वतन्त्र पार्टीलाई विजय गराउन नसकिएको जानकारी गराउँदै सोको सम्पूर्ण जिम्मेवारी लिँदै आजकै दिनदेखि राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिम जिल्ला सभापतिको पदबाट राजीनामा प्रदेश सभापति समक्ष पेश गरेको छु।”
प्रकाशित मिति : २०८२ फागुन २५ गते सोमबार









