२०८३ साउन ११ , सोमबार

पूर्वमन्त्री बने विद्यालयको व्यवस्थापन समिति अध्यक्ष



हुम्लाको अदानचुली गाउँपालिका–१ स्थित जनकल्याण आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा कर्णाली प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री रणसिंह परियार सर्वसम्मत चयन भएका छन्।

समिति अध्यक्षका लागि ६ जना आकांक्षी भए पनि परियारले स्वयं अध्यक्ष बन्ने इच्छा व्यक्त गरेपछि अन्य आकांक्षीहरू पछि हटे। विद्यालयका प्रधानाध्यापक परबहादुर थापाका अनुसार परियारले टेलिफोनमार्फत आफू समिति अध्यक्ष हुन इच्छुक रहेको जानकारी दिएपछि सर्वसम्मत रूपमा चयन गरिएको हो।

तत्कालीन माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित परियारलाई मुख्यमन्त्री यामलाल कँडेलले विनाविभागीय मन्त्रीको जिम्मेवारी दिएको थियो।

प्रकाशित मिति : २०८२ मंसिर २२ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।