२०८३ भदौ २८ , आइतबार

नरहरिनाथ गाउँपालिकाकाे नवीकरण शिविर सुर्खेतमा सञ्चालन



कालिकोटको नरहरिनाथ गाउँपालिकाले विभिन्न समस्याका कारण सहर बसेका सामाजिक सुरक्षा भत्ता खाने नागरिकका लागि सुर्खेतमा बायोमेट्रिक शिविर सञ्चालन गरिएको छ।

कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा बस्ने वृद्ध आमा–बुबाको सहजताका लागि भन्दै तीन दिने बायोमेट्रिक शिविर सञ्चालन गरेको हो । शिविर साउन २५ देखि २७ गतेसम्म सञ्चालन हुनेछ । सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरणका लागि शिविर सञ्चालन गर्न लागेको गाउँकार्यपालिकाले जनाएको छ ।

विगतमा सामाजिक सुरक्षा भत्ता लिनका लागि नवीकरण गरे मात्रै पुग्ने गरेको यो वर्षदेखि बायोमेट्रिक अनिवार्य गर्नु पर्ने भएकाले गाउँपालिकाले सुर्खेत, बर्दिया, बाँके र कैलालीमा बस्ने बृद्धबृद्धाहरुका लागि सुर्खेतमा शिविर राखिएको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर विष्टले बताए ।

‘अहिले व्यक्ति नै उपस्थित हुनुपर्छ,’ उनले भने,‘ सामाजिक सुरक्षा भत्ता लिने बृद्धबृद्धाहरु सबै गाउँमा हुनुहुन्न । कोही बिरामी भएर वा विभिन्न समस्याका कारण सहर बस्नु भएकाले उहाँहरूको सहजताका शिविर सुर्खेतमा सञ्चालन गरेका हौँ ।’

पालिकाका अधिंकास लाभग्राहीहरू औषधि उपचार लगायतका कामले सहर बस्ने गरेका कारणले सुर्खेतमा शिविर चलाउनु परेको गाउँपालिका सूचना अधिकृत भरत कठायतले बताए।

‘पालिका बृद्धबृद्धा लाभग्राहीहरू औषधि उपचार लगायतका कामले सहरमा बस्ने भएकाले उहाँहरू पालिकामा आउन नसक्ने अवस्थामा हुनुहुने,’ उनले भने,‘त्यसैले सहरमा नै वा उहाँहरू भएको ठाउँमा सेवा दिनु परेको बताए ।’

प्रकाशित मिति : २०८२ साउन २५ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।