२०८३ भदौ २७ , शनिबार

कर्णाली प्रदेशका विभिन्न जिल्लामा देउडा पर्व भव्य रूपमा मनाइयो



वीरेन्द्रनगरकाे खुल्लामञ्चमा देउडा खेल्दैँ । तस्विर मनाेज बाेहरा। कारखाना मिडियन

कर्णाली प्रदेशका विभिन्न जिल्लामा देउडा पर्व यस वर्ष पनि भव्य रूपमा मनाइएको छ। प्रदेश सरकारले साउन १ गतेलाई ‘देउडा दिवस’ घोषणा गरेसँगै यो पर्व विशेष रूपमा मनाउन थालिएको हो।

प्रदेशका १० जिल्लामध्ये हुम्ला, मुगु, जुम्ला, कालिकोट, दैलेख, जाजरकोट र सुर्खेतका सदरमुकामहरूमा देउडा खेल्ने परम्परा छ। यस वर्ष पनि सुर्खेतको खुलामञ्च र हुम्लाको सिमिकोट सिमसार क्षेत्रमा देउडा दिवस धूमधामका साथ मनाइएको छ। कर्णालीमा देउडा एक महत्त्वपूर्ण लोकसंस्कृति हो। यहाँका ज्येष्ठ नागरिकदेखि युवा र बालबालिकासम्मले देउडा खेल्न रुचाउँछन्।

वीरेन्द्रनगरकाे खुल्लामञ्चमा देउडा खेल्दैँ ।

कर्णाली क्षेत्रमा छोराको छैटी, व्रतबन्ध, विवाहदेखि देवताको पूजा–आराधना गर्दा समेत देउडा दोहोरी खेलेर रमाउने परम्परा छ। देउडा सांस्कृतिक कार्यक्रममा पहिलो रोजाइको प्रस्तुति मानिन्छ।

यस सांस्कृतिक महत्त्वलाई सम्मान गर्दै कर्णाली प्रदेश सरकारले विगत केही वर्षदेखि साउन १ गतेलाई देउडा पर्व तथा साउने सङ्क्रान्तिको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गर्दै आएको छ।

प्रकाशित मिति : २०८२ साउन १ गते बिहीबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।