नेपाल हाम्रो
अर्कै देशको इसारामा चलेको छ नेपाल हाम्रो ।
निभ्न लाको दियो जस्तै बलेको छ नेपाल हाम्रो ।।
कहिले सत्ता कहिले प्रति पक्षमा छन् ठुला पार्टी ।
संविधान कार्यान्वयन नभई ढलेको छ नेपाल हाम्रो ।।
भाषा मासिँदै, सीमा मिचिँदै छ नेतृत्व मुख दर्शक भाछन् ।
वीर सपुतको देश भन्दै गलेको छ नेपाल हाम्रो ।।
कुन देशसँग गाभिएर कहिले शरण बस्नुपर्छ ।
थाहा छैन भित्रभित्रै जलेको छ नेपाल हाम्रो ।।
प्रकाशित मिति : २०८२ असार २८ गते शनिबार








