
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकामा वडा कार्यालय भवन निर्माणमा अनियमितता भएको ठहर गर्दै आठ जना कर्मचारी र एक निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा वडा नं. ६, ९ र १० को कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन उल्लङ्घन भएको पाइएको आयोगले जनाएको छ ।
आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, इञ्जिनियर मोहन मल्ल, कानुन अधिकृत प्रकाशकुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्रबहादुर कठायत र जिन्सी शाखा प्रमुख कृतिबहादुर थापालाई प्रतिवादी बनाएको हो ।

उनीहरूविरुद्ध करिब रु. ३६ लाख २० हजार ५७८ बराबरको बिगो दाबी गरिएको छ ।
साथै, ठेक्का प्रक्रियामा संलग्न न्यू विके/नहकुली जेभी र कम्पनीका सञ्चालक गङ्गाकुमारी खड्का तथा चित्रबहादुर बोहोरामाथि पनि समान बिगोमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्