
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्रचोकमा ट्राफिक लाइट सञ्चालनमा ल्याएको छ। बुधबारदेखि सञ्चालनमा आएको उक्त ट्राफिक लाइटले सवारी चाप व्यवस्थापन र सडक दुर्घटनाको जोखिम न्युनिकरण गर्ने उद्देश्य रहेको छ ।
नगरपालिकाले पहिलो पटक सडक सुरक्षामा आधुनिक प्रविधिको प्रयोग गर्दै नयाँ अभ्यासको थालनी गरेको हो।
ट्राफिक लाइट सञ्चालनको जिम्मेवारी जिल्ला ट्राफिक कार्यालय सुर्खेतलाई हस्तान्तरण गरिएको छ। नगर प्रमुख मोहनमाया ढकालले ट्राफिक कार्यालयलाई जिम्मेवारी हस्तान्तरण गर्दै मुख्य सडकहरू व्यवस्थित बनाउन र पैदलयात्रीलाई सुरक्षित र सहज बनाउने उद्देश्यले यो कदम चालिएको बताइन्।

नगरपालिकाले आगामी दिनमा अन्य व्यस्त सडक तथा मुख्य चोकहरूमा पनि ट्राफिक लाइट विस्तार गर्ने योजना बनाएको छ।
साथै, यहीँ वर्ष मंगलगढी चौकमा आकाशे पुल निर्माणको काम सुरु गरिएको समेत नगर प्रमुख ढकालले जानकारी दिइन्।











प्रतिक्रिया दिनुहोस्