चीनको स्वशासित क्षेत्र तिब्बततर्फबाट बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर बेपत्ता भएका प्रहरी कर्मचारीको सूची नेपाल प्रहरीले सार्वजनिक गरेको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बाढीमा परेका २८ प्रहरीमध्ये एक जनाको शव फेला परेको छ भने २७ जना अझै बेपत्ता छन्।
फेला परेको शव प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेलको रहेको पुष्टि भएको छ। उनको शव सनाखत गरी आफन्तले बुझिसकेको प्रहरीले जनाएको छ।
बेपत्ता भएका अन्य २७ प्रहरीको खोजी तथा उद्धार कार्य जारी रहेको छ। उनीहरूको अवस्था हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा प्रहरी जवानदेखि प्रहरी नायब निरीक्षक (सई) दर्जासम्मका कर्मचारी रहेका छन्।
बेपत्ता प्रहरीको सूची

स्रोत : नेपाल प्रहरी
प्रकाशित मिति : २०८३ भदौ १३ गते शनिबार









