२०८३ वैशाख ४ , शुक्रबार

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त



राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

बालेन वैदिक विधि अनुसार आजै मध्यान्ह १२: ३४ मा राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्रीको शपथ लिने छन्।

प्रकाशित मिति : २०८२ चैत १३ गते शुक्रबार