२०८३ वैशाख ४ , शुक्रबार

रास्वपाको समानुपातिक बन्दसूचीमा कर्णालीबाट दुई जना अटाए (पूर्णसूचीसहित)



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशबाट दुई जनालाई समानुपातिकतर्फको बन्दसूचीमा समेटेको छ। रास्वपाले कर्णालीबाट प्रेमबहादुर बोहरा र टासी ल्हात्जोमलाई समानुपातिक उम्मेदवारका रूपमा चयन गरेको हो।

रास्वपाको प्राइमरी निर्वाचनमार्फत आदिवासी जनजाति समूहबाट देशभर शीर्ष तीनभित्र पर्न सफल हुम्लाकी टासी ल्हात्जोम समानुपातिक सूचीमा परेकी छन्। उनी यसअघि सुशिला कार्की नेतृत्वको सरकारमा मन्त्री बन्ने चर्चामा समेत आएकी थिइन्।

यस्तै, पार्टीका कर्णाली प्रदेश उपसभापति समेत रहेका रुकुम पश्चिमका प्रेमबहादुर बोहरालाई खस–आर्य क्लस्टरअन्तर्गत समानुपातिक बन्दसूचीमा राखिएको छ। बोहरा राजनितिज्ञ मात्र नभई एक कुशल लेखक तथा प्रशिक्षक पनि हुन् ।

समानुपातिक बन्दसूचीमा परेका ११० जना उम्मेदवारको (नामसहित)

प्रकाशित मिति : २०८२ पुस १५ गते मंगलबार