सुर्खेतको बराहताल गाउँपालिकामा अपांगता भएका व्यक्तिहरूको पहिचानका लागि अपांगता पहिचान शिविर सञ्चालन हुने भएको छ। बराहताल गाउँपालिका र साइनिङ अस्पताल आइ एन एफ नेपाल सुर्खेतको आयोजनामा शिविर सञ्चालन हुने भएकाे छ ।
गाउँपालिकाले एक सुचना जारी गर्दै शिविर असोज १४ गते बिहान १० बजेदेखि सुरु हुनेछ। शिविर बराहताल गाउँपालिकाको कार्यालय, बडिचौर सुर्खेतमा सञ्चालन गरिने जनाइएको छ।
शिविरमार्फत अपांगता भएका व्यक्तिहरूको पहिचान तथा आवश्यक सेवा–सुविधाका लागि सहजीकरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर डिसीले जानकारी दिए । सो अवसरमा अपांगता भएका तथा शंका भएका व्यक्तिहरूले अनिवार्य रूपमा सहभागिता जनाउन गाउँपालिकाले आग्रह गरेको छ।
प्रकाशित मिति : २०८२ पुस १२ गते शनिबार











प्रतिक्रिया दिनुहोस्