
नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली पुनः निर्वाचित भएका छन्।
उनले १ हजार ६६२ मत प्राप्त गर्दै तेस्रो पटक भारी मतका साथ पार्टी अध्यक्ष बनेका हुन्।
निर्वाचनमा कुल २ हजार २२७ मत खसेको थियो। निर्वाचन आयोगका अनुसार मतगणनाको औपचारिक अन्तिम परिणाम केही समयपछि सार्वजनिक गरिनेछ।
यसैगरी, नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन्।
उनले १ हजार २२८ मत प्राप्त गर्दै प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई पराजित गरेका हुन्।
प्रकाशित मिति : २०८२ पुस ३ गते बिहीबार











प्रतिक्रिया दिनुहोस्