राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरले २०८१ सालको एसईई कक्षा १० पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

साउन २९ देखि भदौ ६ गतेसम्म भएको परीक्षामा १ लाख ४३ हजार २५७ परीक्षार्थी सहभागी भएका थिए।
जसमा ८३ हजार ५६४ जना ग्रेडेड र ५९ हजार ६९३ जना नन–ग्रेडेड भएका छन्।
परीक्षार्थीहरूले बोर्डका आधिकारिक वेबसाइट www.neb.gov.np र www.see.gov.np, साथै नेपाल टेलिकमको सेवा प्रयोग गरी नतिजा हेर्न सक्नेछन्। नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार प्रकाशित गरिएको हो।
नतिजामा चित्त नबुझ्नेहरूले १९ असोजदेखि २९ असोजभित्र पुनर्योग वा उत्तरपुस्तिका पुनः परीक्षणको लागि अनलाइन वा कार्यालयमार्फत निवेदन दिन सक्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ।
प्रकाशित मिति : २०८२ असोज ११ गते शनिबार











प्रतिक्रिया दिनुहोस्