सुर्खेतमा भएको जेन–जी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गर्नेको पहिचानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतले खोजी कार्य सुरु गरेको छ।
गत २३ र २४ भदौमा सुर्खेतका विभिन्न स्थानमा भएको विरोध प्रदर्शनका क्रममा भएका आगजनी, लुटपाट र आमसर्वसाधारणमा त्रास फैलाउने कार्यमा संलग्नको विवरण संकलन गर्न तस्वीर, भिडियो र सामाजिक सञ्जालका लिंक उपलब्ध गराउन सुर्खेत प्रहरीले आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता मोहनजंग बुढथापाले आन्दोलनको नाममा अराजकता मच्चाउनेलाई कानुनी दायरामा ल्याएर कसुर अनुसार कारबाही गरिने बताए।
प्रदर्शनकारीहरूले कर्णालीका सरकारी निकायका महत्त्वपूर्ण कागजात नष्ट गर्नुका साथै सार्वजनिक पदधारीका निजी सम्पत्तिमा पनि तोडफोड र लुटपाट गरेको थिए ।
प्रकाशित मिति : २०८२ भदौ ३१ गते मंगलबार











प्रतिक्रिया दिनुहोस्