२०८३ भदौ २७ , शनिबार

पलाँता अस्पतालमा चिकित्सक र नर्समाथि दुर्व्यवहार, तोडफोडमा संलग्न ३ जना पक्राउ



कालिकोटको  पलाँता गाउँपालिका–९ स्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि दुर्व्यवहार र अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

शुक्रबार अस्पतालभित्र अनधिकृत रूपमा प्रवेश गरी तोडफोड गर्नुका साथै चिकित्सक तथा नर्समाथि दुर्व्यवहार गरेको घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेश खत्रीका अनुसार घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ।

यसैबीच, नेपाल चिकित्सक संघले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेको छ। संघले स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने अवस्था सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३ साउन २३ गते शनिबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।