२०८३ भदौ ३० , मंगलबार

कर्णाली राजमार्गको अनुगमनमा निस्किए पूर्वाधारमन्त्री लम्साल



कर्णाली प्रदेशका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णाली राजमार्गको स्थलगत अनुगमनमा निस्किएका छन्।

शुक्रबार सुर्खेतबाट यात्रा सुरु गरेका मन्त्री लम्सालले दैलेख, कालीकोट हुँदै जुम्ला–कालीकोट सिमाना नाग्मसम्मको राजमार्ग तथा नाग्म–मुगु सडकको अवस्था निरीक्षण गर्ने कार्यक्रम छ।

त्यसपछि उनी बाजुरासम्म सडकमार्ग र हुम्लासम्म हवाईमार्गबाट पुगेर त्यहाँका सडकको पनि अनुगमन गर्नेछन्।

मन्त्री लम्सालले यसअघि आगामी तीन वर्षभित्र देशका सडकमा खाल्डाखुल्डी नदेखिने दाबी गरेका थिए।

हाल कर्णालीका जिल्लालाई जोड्ने कर्णाली राजमार्गको अवस्था भने अझै दयनीय रहेको छ।

प्रकाशित मिति : २०८३ साउन १ गते शुक्रबार

1 प्रतिक्रिया

  • Mira4359 July 17, 2026

    घुम्ने याेजनामा आएका हुन कि विकास गर्न

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।