२०८३ साउन १२ , मंगलबार
प्रतिनिधिसभा निर्वाचन :

प्रतिनिधिसभा निर्वाचन : सुर्खेत-१ मा खड्काको एकल र क्षेत्र-२ मा छ जनाको सिफारिस



आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले प्रत्यक्षतर्फ सुर्खेत क्षेत्र नं. १ बाट कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई एकल रूपमा सिफारिस गरेको छ।

क्षेत्रीय समितिको मंगलबार बसेको बैठकले खड्कालाई सर्वसम्मत रूपमा उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको जानकारी दिएका छन्।

नेपाली कांग्रेसका कार्यवाहक सभापति तथा पूर्व उपप्रधानमन्त्री र रक्षामन्त्रीसमेत रहेका खड्कालाई उनको नेतृत्व क्षमता र संगठनमा देखाएको भूमिकाका आधारमा एकल सिफारिस गरिएको क्षेत्रीय सभापति झकबहादुर डाँगीले बताए।

यता सुर्खेत क्षेत्र नं. २ का लागि जिल्ला कार्यसमितिले छ जनाको नाम सिफारिस गरेको छ। सिफारिस सूचीमा उपेन्द्र थापा, कलम खत्री, नारायण कोइराला, भिष्मराज हमाल, हृदयराम थानी र महिलातर्फ बसन्ती बस्नेतको नाम रहेको क्षेत्रीय सभापति इन्द्रबहादुर रावलले जानकारी दिए।

यस्तै क्षेत्र नं २ बाट समानुपातिक तर्फ  गंगा नेपाली, पार्वती गिरी, भग्य कामी, धना बिष्ट र भिम शाई नेपालीलाई सिफारिस गरेको क्षेत्रीय सभापति रावलले बताए ।

थानी र खड्का अघिल्लो निर्वाचनमा पनि आ–आफ्ना क्षेत्रबाट विजयी भएका थिए। तर २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भने खड्का एमालेका ध्रुव शाहीसँग पराजित भएका थिए।

प्रकाशित मिति : २०८२ मंसिर २३ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।