
कर्णाली प्रदेश सभा जेनजी आन्दोलनकारीहरूले लगाएको आगोका कारण जलेर पूर्ण रूपमा ध्वस्त भएको छ। सभाका भवनहरू र तिनभित्रका सबै सामग्री नष्ट भएका छन्।

घटनापछि नेपाली सेनासहितका सुरक्षा निकायहरू शान्ति–सुरक्षा कायम गर्न परिचालन गरिएका छन्। त्यसपछि सुर्खेत उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। सेनाले अत्यावश्यक कार्यबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ।

ऐतिहासिक, सामाजिक, सांस्कृतिक, धार्मिक स्थल तथा व्यक्तिगत सम्पत्तिको सुरक्षाका लागि सबै सुरक्षा निकाय उच्च सतर्कतामा तैनाथ छन्। साथै, कुनै अवाञ्छित गतिविधि देखिए वा जानकारी पाइए तत्काल सुरक्षा फौजलाई खबर गर्न सेनाले पुनः अनुरोध गरेको छ।

मंगलबारको प्रदर्शनका क्रममा सुर्खेत उपत्यकाको भौतिक संरचनामा व्यापक क्षति पुगेको हो।







प्रकाशित मिति : २०८२ भदौ २५ गते बुधबार









