२०८३ भदौ ३१ , बुधबार

सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा




सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा गरिएको छ।  बुधवार एक औपचारिक कार्यक्रम मार्फत घोषणा गरिएको हो।

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा हुन सकेको प्रति बधाई ज्ञापन गर्दै यसको निरन्तरताको लागि आग्रह गरे। कार्यक्रममा बोल्दै उनले बदलिएको व्यवस्था पश्चात् स्वास्थ्य जनशक्ति बढे पनि स्वास्थ्य सूचकहरूमा सुधार आउन नसकिरहेको टिप्पणी गरेका छन् ।

सुर्खेतमा बढ्दो बसाइसराइका कारण वीरेन्द्रनगर जस्ता स्थानीय तहहरूमा चुनौती थपिएकोले स्वास्थ्यकर्मीहरूको सक्रियता र जिम्मेवारीपन आवश्यक रहेको बताए।

सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सक्रियताले रोगहरूको निदानका लागि सहज भएको बताए।

प्रदेश खोप समिति संयोजक एवम् सामाजिक विकास मन्त्रालयका सचिव अर्जुन गौतमले रोग निराकरणका लागि खोपले टेवा पुग्ने जनकारी दिए ।

कर्णालीका ७ जिल्ला घोषणा गरिएको उनले जानकारी दिए। अभियानलाई निरन्तरता दिन आग्रह समेत गरे।

स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको मनोबल उच्च राख्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाए।

विकटताको कारण खोप कार्यक्रममा अझै चुनौतीपूर्ण रहेको जिल्ला खोप समन्वय अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख गङ्गाराम सुनारले बताए।

२०३५ सालदेखि खोप कार्यक्रम सुर्खेतमा सुरु भएको थियो। २०७५ मा सुर्खेत जिल्ला पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो।

प्रकाशित मिति : २०८२ असार २५ गते बुधबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।