२०८३ भदौ ३१ , बुधबार

कर्णालीका ३० उत्कृष्ट शिक्षकलाई प्रदेशस्तरीय सम्मान (सूचीसहित)



कर्णाली प्रदेशका १० जिल्लाका ३० जना उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको छ। शिक्षा विकास निर्देशनालयद्वारा आयोजित उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रम अन्तर्गत शिक्षकहरूलाई सम्मान गरिएको हो ।

उत्कृष्ट शिक्षकको छनोटका लागि निर्धारण गरिएको मापदण्डका आधारमा सम्मान गरिएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीका बताए ।

प्रत्येक जिल्लाबाट माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहका गरी तीन जना शिक्षक छनौट गरिएको हो। छनौटमा कम्तीमा एक महिला शिक्षक अनिवार्य रूपमा समावेश गरिनुपर्ने व्यवस्था गरिएको थियो।

निर्देशनालयका अनुसार छनौट मापदण्डमा विगत तीन शैक्षिक सत्र (२०७९/८० र ८१) मा कक्षा ५, ८ र एसइई परीक्षामा विद्यार्थीको सिकाइ उपलब्धिमा उत्कृष्टता हासिल गरेको, एकै स्थानीय तहबाट एक मात्र शिक्षक सिफारिस गरिएको, र सम्बन्धित विद्यालय, पालिका तथा शिक्षा विकास तथा समन्वय इकाई बाट प्रमाणित सिफारिस हुनुपर्ने मापदण्ड तोकिएको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

त्यस्तै, राष्ट्रिय, प्रदेश र स्थानीय तहबाट शिक्षक प्रोत्साहन सँग सम्बन्धित कुनै पनि पुरस्कार तथा प्रोत्साहन प्राप्त नगरेको शिक्षकले स्व घोषणा गरी विद्यालयको सिफारिस पत्रमा उल्लेख भएको हुनुपर्ने र कम्तीमा पाँच वर्ष स्थायी सेवा अवधि पुगेका, यसअघि कुनै पनि तहबाट शिक्षक सम्मान प्राप्त नगरेका, र शिक्षा ऐन २०२८ तथा नियमावली २०५९ अनुसार विभागीय सजाय नपाएका शिक्षक मात्र छनौट गरिएको निर्देशनालयले जनाएको छ।

सुचीहेर्नुहोस्

प्रकाशित मिति : २०८२ असार १७ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।