
मुगु जिल्लामा ५० वर्षपछि दोस्रो राष्ट्रिय निकुञ्ज स्थापना हुने भएको छ। सरकारले मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फु क्षेत्रमा ‘छायाँनाथ राष्ट्रिय निकुञ्ज’ स्थापना गर्ने निर्णय शुक्रबार मन्त्रिपरिषद् बैठकमार्फत गरेको हो।
वि.सं. २०३२ मा रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको मुगुमा यो दोस्रो निकुञ्ज हो। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको पहलमा बनेको यो निकुञ्ज करिब ९०६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ, जसलाई शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट छुट्याइएको हो।
यससँगै नेपालमा राष्ट्रिय निकुञ्जको संख्या १३ पुगेको छ। संरक्षण र पर्यटन दुवै दृष्टिले महत्वपूर्ण मानिएको यो निर्णयले चोरी सिकार नियन्त्रण, जैविक विविधता संरक्षण र स्थानीय बासिन्दाका लागि सहजतामा सहयोग पुर्याउने विश्वास गरिएको छ।
प्रकाशित मिति : २०८२ भदौ १३ गते शुक्रबार











प्रतिक्रिया दिनुहोस्