२०८३ वैशाख ६ , आइतबार

महिलामैत्री शहर अवधारणा अन्तर्गत वीरेन्द्रनगरमा मिलन पार्कको शिलान्यास



वीरेन्द्रनगर नगरपालिका-८ मा  ‘मिलन पार्क’को शिलान्यास गरिएको छ । आइतबार आयोजित कार्यक्रममा नगर प्रमुख मोहन माया ढकालले पार्कको शिलान्यास गरेकी थिइन् ।

युएनओपीएसको प्राविधिक तथा व्यवस्थापकीय सहयोगमा सञ्चालित महिलामैत्री शहरसमावेशी जलवायु उत्थानशील शहरीकरणपरियोजनाअन्तर्गत पार्क निर्माण हुने भएको हो।

नगर प्रमुख मोहन माया ढकालले मिलन पार्क निर्माण परियोजना साझेदारी कोषको आधारमा वीरेन्द्रनगर नगरपालिका र युएनओपीएसको सहकार्यमा सम्पन्न हुने बताइन् । उनका अनुसार पार्कको डिजाइन स्थानीय समुदायसँग प्रत्यक्ष छलफल र सहभागितामार्फत तयार गरिएको हो।

ढकालले महिलामैत्री सुविधा सहितको पार्क सबैलाई सहज हुने गरी विकास गरिने उल्लेख गर्दै, यो पार्क बालबालिका, युवा, ज्येष्ठनागरिक महिलासहित सबैलाई स्वागत गर्ने वातावरणमा निर्माण गरिनेछ ।’

निमार्ण कम्पनीले  १ करोड ६५ लाख रूपैयाँ लागतमा निमार्ण गर्ने जिम्मा लिएको छ । पार्क निर्माण सम्पन्न गर्न ठेकदारलाई १० महिनाको समयमा सक्नु पर्ने म्याद रहेको सहरी योजनाकार सुगम गौतमले बताए ।

शिलान्यास कार्यक्रममा वडाका जनप्रतिनिधि तथा स्थानीयवासीको समेत उपस्थिति रहेको थियो 

प्रकाशित मिति : २०८२ भदौ १ गते आइतबार