२०८३ वैशाख ४ , शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा हुम्लाको बेलीब्रिज पुल उद्घाटन, तस्वीरसहित

हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडियो ।


प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने कर्णाली कोरिडोर अन्तर्गत खार्पुनाथ गाउँपालिका–५ स्थित चुवाखोलामा निर्माण गरिएको बेली ब्रिजको आइतबार साँझ उद्घाटन गरेका छन्।

सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने उद्देश्यले निर्माण गरिएको सो बेली ब्रिज नेपाली सेनाले निर्माण गरेको हो।

त्रिदेशीय (नेपाल–चीन–भारत) व्यापारिक सम्भावनालाई जोड्ने कर्णाली कोरिडोरको महत्वपूर्ण खण्ड मानिने चुवाखोला पुल सञ्चालनमा आएपछि हुम्लाको भौतिक पहुँचमा महत्वपूर्ण उपलब्धि हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्रीसँगै उद्घाटन कार्यक्रममा संघीय मन्त्रीहरू, कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल, प्रधानसेनापति प्रभुराज रेग्मी, पूर्वाधार सचिव केशवकुमार शर्मा लगायतको उपस्थिति रहेको थियो।

तस्वीरहरू :

प्रकाशित मिति : २०८२ असार २२ गते आइतबार