२०८३ साउन १३ , बुधबार

‘बोक्सी’ आरोपमा महिलामाथि कुटपिट गर्ने समीर थापा पक्राउ



आफुलाई  ‘पाथीभरा माता’ भन्दै एक महिलामाथि बोक्सीको आरोप लगाई अमानवीय व्यवहार, गालीगलौज तथा कुटपिट गर्ने २६ वर्षीय समीर थापालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ।

प्रहरीले वीरेन्द्रनगर नगरपालिका–३ यरिचोकस्थित उनको घरबाटै थापालाई नियन्त्रणमा लिएको जनाएको छ।

सार्वजनिक सडकमा एक महिलाको कपाल तानेर खुट्टामा ढोग्न बाध्य पार्दै निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाको चौतर्फी विरोध भएको थियो।

भिडियो सार्वजनिक भएपछि प्रहरीले तत्काल अनुसन्धान सुरु गर्दै थापालाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन १३ गते बुधबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।