कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसमा चार मन्त्रीहरुले सामुहिक राजिनामा दिएका छन् ।

नेकपा एमालेका नेता यामलाल कँडेल नेतृत्वको सरकारमा कांग्रेसबाट सहभागी सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्री राजिवविक्रम शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले राजिनामा दिएका हुन् ।
एक मन्त्रीका अनुसार सरकारलाई कांग्रेसको समर्थन यथावत रहने गरी मुख्यमन्त्री कँडेल समक्ष राजिनामा दिएको जानकारी दिए ।
आज बिहान बोलाइएको मन्त्रिपरिषद् बैठकमा सहभागी नभई मन्त्रीहरुले राजिनामा दिएका हुन् ।
कांग्रेसका एक सांसदका अनुसार बजेट ल्याएपछि सकारको नेतृत्व छोड्ने सहमती अनुसार नै मन्त्रीहरुले राजिनामा दिएको हुन सक्ने बताए ।
प्रकाशित मिति : २०८३ असार ३१ गते बुधबार









