२०८३ जेठ १९ , मंगलबार

१८ वर्षीया अष्ट्रेलियन किशोरीले सगरमाथा आरोहीको कीर्तिमान



१८ वर्षीया अष्ट्रेलियन किशोरी बियान्का एडलरले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । नेपाल पिक एड्भेन्चरका अनुसार उनी सगरमाथाको चुचुरोमा पुग्ने सबैभन्दा कान्छी अष्ट्रेलियन बनेकी हुन् ।

गत वर्ष डेथ जोनसम्म पुगे पनि चुचुरोभन्दा करिब ४०० मिटर तलबाट फर्किएकी बियान्काले यसपटक भने सफलतापूर्वक सगरमाथा आरोहण गरेकी नेपाल पिक एड्भेन्चरले जनाएको छ ।

प्रकाशित मिति : २०८३ जेठ ७ गते बिहीबार