
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्षौंदेखि समस्या झेलिरहेका सुकुम्बासीको स्थायी समाधानका लागि सरकार काम गरिरहेको बताएका छन्।
पार्टीका सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले आयोग गठन गरेर सुकुम्बासीको समस्या समाधानतर्फ अघि बढिएको जानकारी दिए। कसैलाई पनि घरबारविहीन नछाड्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सुकुम्बासीले अधिकार नपाएसम्म आफूले साथ नछाड्ने बताए।
उनले सुकुम्बासी समस्या आफ्नो कारणले सिर्जना नभएको उल्लेख गर्दै विगत तीन दशकदेखि राजनीति गर्दै आएका दलहरूले यसलाई समाधान गर्नुको सट्टा भोट बैंकका रूपमा प्रयोग गरेको आरोप लगाए।
“हामी सुकुम्बासी समस्या समाधान गर्ने काममा छौं। अझ व्यवस्थित रूपमा गर्न सकिन्थ्यो होला, त्यो कुरा सही हो। तर अहिलेसम्म छाती थापेर उभिएका छौं, छाती हटेको छैन,” लामिछानेले भने।
उनले सुकुम्बासीको समस्या स्थायी रूपमा समाधान गर्ने प्रतिबद्धता दोहोर्याउँदै केही स्थानमा, विशेषगरी Kathmanduलगायत क्षेत्रमा यस विषयलाई राजनीतिक लाभका लागि प्रयोग गरिएको दाबी गरे।
“हामीलाई मुर्दावाद भन्नुस्, केही छैन। तर हामी अधिकार दिन्छौं। कुनै पनि नागरिकलाई घरबारविहीन पारिने छैन,” उनले भने।










प्रतिक्रिया दिनुहोस्