प्रधानमन्त्री बालेन शाहले देशभरका वास्तविक सुकुमबासीहरूको पहिचान गरी यथाशीघ्र जग्गा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत धारणा सार्वजनिक गर्दै उनले वर्षौँदेखि जटिल बन्दै आएको सुकुमबासी समस्याको स्थायी समाधान गर्न सरकार तयारी अवस्थामा रहेको स्पष्ट पारे। नदीकिनारमा बसोबास गर्ने नागरिकहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै उपत्यकाको ढल निकास प्रणाली सुधारका लागि उनीहरूको स्थानान्तरण आवश्यक रहेको उनको भनाइ छ।
प्रधानमन्त्री शाहका अनुसार बाढीका कारण प्रत्येक वर्ष काठमाडौँका नदीकिनारमा बस्ने नागरिकहरू ज्यान जोगाउन सामान छोडेर भाग्न बाध्य हुने अवस्था रहेको छ। उनीहरूलाई जोखिमरहित र सुरक्षित स्थानमा व्यवस्थापन गर्नु राज्यको दायित्व भएको उनले उल्लेख गरे।
थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका बस्तीहरूलाई मानवीय संवेदनशीलता कायम राख्दै बल प्रयोग नगरी सुरक्षित रूपमा स्थानान्तरण गरिने उनले जानकारी दिए। ती बस्तीहरूका कारण ढल निकास अवरुद्ध हुँदा काठमाडौँका नदीहरू प्रदूषित र दुर्गन्धित बनेको उल्लेख गर्दै उनले स्थानान्तरण उपत्यकाको व्यवस्थापन र सौन्दर्यका लागि आवश्यक रहेको बताए।
प्रधानमन्त्री शाहले सुकुमबासी व्यवस्थापन आफ्नो चुनावी प्रतिबद्धता तथा सरकारको १०० दिने कार्ययोजनामा समावेश रहेको स्मरण गराउँदै सरकारी जग्गा अतिक्रमण रोक्ने अभियान पनि निरन्तर रहने बताए।
साथै, उनले अतिक्रमणकारी र वास्तविक सुकुमबासीबीच स्पष्ट भिन्नता छुट्याइने विश्वास दिलाए। देशका विभिन्न स्थानका समस्या फरक प्रकृतिका रहेकाले आवश्यक प्रक्रिया पूरा गरी वास्तविक पीडितहरूलाई जग्गा वितरण गरिने उनले भने,










प्रतिक्रिया दिनुहोस्