सुर्खेतको बराहताल गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका अधुरा विकास योजनाहरूको यथार्थ विवरण संकलन गर्न सबै वडा कार्यालयलाई निर्देशन दिएको छ।

गाउँपालिकाले वडा नं. १ देखि १० सम्म संघीय, प्रदेश तथा गाउँपालिकाको बजेटबाट सुरु भए पनि हालसम्म सम्पन्न नभएका योजनाहरूको विवरण अनिवार्य रूपमा पेश गर्न भनिएको हो।
वडा कार्यालयहरूले योजनाको नाम, स्थान, बजेट स्रोत, हालको अवस्था, सुरु मिति, सम्पन्न मिति, भुक्तानी स्थिति तथा योजना अधुरो रहनुका कारणहरू स्पष्ट रूपमा उल्लेख गरी तोकिएको ढाँचामा विवरण तयार गर्नुपर्नेछ।
उक्त विवरण ५ दिनभित्र गाउँपालिकाको कार्यालयमा बुझाउन निर्देशन दिइएको छ।
गाउँपालिका अध्यक्ष भीम बहादुर भण्डारी ले विकास निर्माण कार्यलाई प्रभावकारी बनाउन र अधुरा योजनाको वास्तविक अवस्था पहिचान गरी समयमै सम्पन्न गर्न यस्तो विवरण संकलन आवश्यक भएको उनले बताए ।











प्रतिक्रिया दिनुहोस्