२०८३ वैशाख ६ , आइतबार

बराहताल गाउँपालिकाद्वारा ६३ करोड ७ लाखको बजेट सार्वजनिक



सुर्खेतको बराहताल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ।गाउँपालिकाले गाउँसभाको १७ औं अधिवेशनले नीति तथा कार्यक्रम सगै आगामी वर्षका लागि चालू तर्फ ५८% र पुजिगत तर्फ ४२% गरी अनुमानित कुल बजेट रु ६३ करोड ७ लाख ४८ हजार ९ सय ९९ रुपियाँ बजेट पेस गरेको छ ।

बराहताल गाउँपालिकालाई नेपाल सरकारबाट समानीकरण अनुदान तर्फ ११ करोड ५७ लाख, शसर्त अनुदान (चालु) तर्फ २४ करोड १७लाख शसर्त अनुदान पुजिगततर्फ रु ८३ लाख र विशेष अनुदान तर्फ १ करोड ६५ लाख र समपुरक अनुदान रु ८७ लाख वित्तिय हस्तान्तरण मै कुल ३९ करोड ९ लाख बजेट प्राप्त भएको छ।

त्यस्तै कर्णाली प्रदेश सरकारबाट बराहताल गाउँपालिकाकालाई समानीकरण अनुदान तर्फ १ करोड ३७ लाख ३३ हजार, शसर्त अनुदान (चालु) तर्फ १६ लाख १८ हजार शसर्त अनुदान पुजिगततर्फ रु ३ करोड ७५ लाख र विशेष अनुदान तर्फ १ करोड १४ लाख गरी कुल रु ६ करोड ४२ लाख ५१ हजार बजेट प्राप्त भएको छ ।

राजश्व अनुदान बाँडफाँड तर्फ नेपाल सरकारबाट १४ करोड ४४लाख ९६ हजार २९२ र कर्णाली प्रदेश सरकारबाट रु २५ लाख एक हजार ७सय ७ प्राप्त गरेको जानकारी गाउँ सभा देखि गराएको छ।

कृषि क्षेत्रको सुधार तथा रुपान्तरण,उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारण, स्थानीय आर्थिक विकास,मानव संसाधन पूर्वाधारको विकास र पूजी निर्माण, सुशासन र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरिएको छ।

हेर्नुहोस् नीति तथा कार्यक्रमको (पूर्णपाठ)

 

प्रकाशित मिति : २०८२ असार १० गते मंगलबार