सुर्खेतको वीरेन्द्रगरमा अस्थायी बसोबास गर्ने आमहरुले अचार बनाउने तालिम लिएका छन्।

शिक्षा विकास निर्देशनालय सुर्खेतद्वारा संचालित १० दिने तालिम मंगलबार समापन भएको हो।
शैक्षिक केन्द्रको रूपमा स्थापित वीरेन्द्रनगरमा छोराछोरी पढाउन अस्थायी बसोबास गरिरहेका आमाहरुका लागि तालिम व्यवस्था गरिएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताए।
छोराछोरी पढाउनका लागि बाहिर बाट यहाँ बसोबास गर्ने आमाहरूले दिउँसोको समयलाई सदुपयोग गर्दै उद्यम संग जोड्न आवश्यक महसुस भई यस्तो तालिम सञ्चालन गरिएको जानकारी दिए।
हरेक नागरिक आत्मनिर्भर बन्नुपर्ने धारणा राख्दै उनले स्वरोजगार मूलका कार्यहरूमा जोड्न आव्हान गरे। तालिम पश्चात उत्पादन भएका परिकारलाई व्यवसायीकरणको लागि सरकारी पहल हुने प्रतिवद्धता जनाए।
वीरेन्द्रनगर नगरपालिका सुर्खेतमा सन्तान पढाउन अस्थायी बसोबास गरिरहेका आमाहरुका लागि सिप विकास तालिम कार्यक्रम अन्तर्गत यो तालिम सञ्चालन गरिएको शिक्षा विकास निर्देशक दीपा हमालले बताइन्।
तालिममा १७ जना महिलाहरु सहभागी भएका थिए। उनीहरूले अचारको लेबलिङ र प्याकेजिङ्ग सहित विभिन्न १० प्रकारका अचारका परिकार बनाउन सक्ने भएका छन्।
यो तलिमसंगै अटो ड्राइभिङ, सिलाई कटाई, दालमोठ बनाउने लगायतका तालिमहरु समेत संचालन भैरहेको निर्देशनालयले जनाएको छ।











प्रतिक्रिया दिनुहोस्