२०८३ साउन ११ , सोमबार

सुर्खेतमा मंसिर १८-२८ ह्याप्पी फन पार्क सांस्कृतिक महोत्सव



सुर्खेतको वीरेन्द्रनगरमा मंसिर १८ देखि २८ गतेसम्म ‘ह्याप्पी फन पार्क सांस्कृतिक महोत्सव-२०८२’ आयोजना हुने भएको छ।

मंगलबार पत्रकार सम्मेलन गर्दै महोत्सव आयोजक समितिले कार्यक्रमका तयारी तथा विवरण सार्वजनिक गरेको हो।

फनपार्कका सञ्चालक तथा महोत्सव आयोजक विशाल ढकालका अनुसार कर्णाली प्रदेशकै पहिलो पूर्ण मनोरञ्जन पार्क भएको आयोजकले दाबी गरेका  छन् ।

पार्कमा झुला, ट्रम्पोलिन, मिनी-कोस्टरलगायत बालबालिकादेखि सबै उमेरका व्यक्तिले रमाउन सक्ने आकर्षक उपकरणहरू जडान गरिएको छ।

चाडपर्व र विशेष अवसरमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम गर्दै जाने योजना रहेको उनले बताए ।

महोत्सवमा स्थानीयदेखि राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति, सांगीतिक कार्यक्रम, स्थानीय संस्कृति, खेलकुद तथा परिवारमै रमाउन सकिने गतिविधिहरू रहनेछन्।

दर्शकका लागि प्रवेश शुल्क रू १०० निर्धारण गरिएको आयोजक समितिको भनाई छ।

आयोजकका अनुसार महोत्सवका लागि आवश्यक कानुनी प्रक्रिया र स्थानीय प्रशासनसँगको समन्वय पूरा भइसकेको छ।

कार्यक्रमले सुर्खेतमा पर्यटन, स्थानीय व्यवसाय र सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्ने र कर्णाली प्रदेशको मनोरञ्जन क्षेत्रमा नयाँ पहिचान दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ मंसिर १६ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।