राष्ट्रिय स्वतन्त्र पार्टी हुम्लाका उपसभापति महेन्द्र पाण्डे नेकपा (माओवादी ) मा प्रवेश गर्ने भएका छन्। शुक्रबार दिउसो १२ बजे एक कार्यक्रमका बीच प्रवेश गर्ने उनले बताए।

नेकपा माओवादी केन्द्रीय समितिको प्रज्ञा भवन काठमाडौमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा प्रवेश गर्न लागेको पाण्डेले सामाजिक सञ्जाल फेसबुक मार्फत उल्लेख गरेका छन् ।
रास्वपा हुम्लाबाट प्रतिनिधि सभा उम्मेदवारका लागि आवेदन दिएका पाण्डे टिकट चोरी भएको भन्दै एक साता पहिले रास्वपाको सदस्यबाट राजिनामा दिएका घोषणा गरेका थिए। करिब ३ बर्ष सम्म रास्वपामा आवद्द भई हुम्लाका गाउँगाउँ बस्तिबस्तिमा पुगेको पाण्डेको भनाई छ।
प्रकाशित मिति : २०८२ माघ १६ गते शुक्रबार











प्रतिक्रिया दिनुहोस्