कालिकोट । जिल्लाकाे नरहरिनाथ गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । १६ देखि ५९ महिनासम्म गाउँपालिकाभित्र रहेका बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भए पछि सो गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
उक्त घोषणा हुनेमा जिल्लाको चौथो पालिकाका रुपमा रहेको छ।गाउँपालिका भित्रका ९ वटा वडाहरुका बालबालिकाहरूले चालु वर्षमा हालसम्म सबैले पूर्ण खोप पाएको र अगामी दिनमा पनि दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चित दिगोपना गाउँपालिकाको रूपमा घोषणा गरिएको हो ।
गाउँपालिकामा १५ महिनाभन्दा मुनिका बालबालिकाहरूले नियमित खोप लगाइरहेको र १६ देखि ५९ महिना भित्रका बालबालिकाले पनि पूरा खोप पाइसकेको स्वास्थ्य शाखा प्रमुख मान बहादुर सहकारीले बताए ।
‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित एक समारोहबिच नरहरिनाथ गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकाको रूपमा घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाहरुले सबै खोपको मात्रा पूरा गरेका थिए ।
खोप निर्देशिका अनुसार आवश्यक सबै प्रक्रियाहरू पूरा गरेर गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना गाउँपालिकाको रूपमा घोषणा गरिएको स्वास्थ्य प्रमुख सहकारीले बताए । बालबालिकाहरूले पोलियो, दादुरा, हेपाटाइटिस, जापानीज इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला, टाइफाइडलगायत रोगहरूको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पूरा गरेको उनको भनाइ छ ।
गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप पालिका हाम्रो प्रतिबद्धता’ लेखिएको व्यानर वाचनसहित प्रतिबद्धता जनाउँदै आगामी दिनमा पनि गाउँपालिकालाई पूर्णखोप सुनिश्चिता कायम गराउने बताए । गाउँपालिका भित्रका सबै सात वटै वडालाई पूर्णखोप तथा सुनिश्चितता घोषणा गरिसकेपछि मात्रै गाउँपालिकालाई पनि घोषणा गरिएको उनको भनाइ छ ।
गाउँपालिकाका अध्यक्ष बिष्टको अध्यक्षता सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति कालिकाेटका प्रमुख एवंम जिल्ला खाेप समन्वय समितिका संयाेजक धनजित शाही, समितिका उप-प्रमुख एवंम जिल्ला खाेप समन्वय समितिका सह-संयाेजक मिना रावत बिक, समिति सदस्य धनसरा बिष्ट, अतिथि जिल्ला पुर्ण खाेप समन्वय समति सदस्य कटक बहादुर महत लागायत सम्पूर्ण वडा अध्यक्ष, शाखा प्रमुख हरुकाे सक्रिय सहभागिता रहेकाे थियाे।











प्रतिक्रिया दिनुहोस्