२०८३ वैशाख ४ , शुक्रबार

नेकपाको कर्णाली प्रदेशसभा संसदीय दलको नेता मंगलबहादुर शाही चयन



नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशसभा संसदीय दलको नेता चयन गरेको छ।

शनिबार बसेको संसदीय दलको बैठकले मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य मंगलबहादुर शाहीलाई ध्वनी मतका आधारमा बहुमतसहित संसदीय दलको नेतामा चयन गरेको हो।

संसदीय दलको नेताका लागि प्रदेशसभा सदस्य विन्दमान विष्ट, दुर्गाबहादुर रावत र मंगलबहादुर शाहीले दाबी नछोडेपछि ध्वनी मतको प्रक्रिया अपनाइएको थियो।

उक्त प्रक्रियाबाट बहुमत प्राप्त गर्दै शाही दलको नेतामा चयन भएका हुन्।

यसअघि शुक्रबार सम्पन्न बैठकमा रणसिंह परियार र कृष्णबहादुर जिसीले पनि संसदीय दलको नेताका लागि दाबी प्रस्तुत गरेका थिए। तर शनिबारको बैठकमा दुवैले सहमतिका लागि आफ्नो दाबी फिर्ता लिएका थिए।

तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच एकता हुनुअघि राजकुमार शर्मा माओवादी केन्द्रको संसदीय दलका नेता थिए।

शर्मा गत मंसिर १७ गते संसदीय दलको नेताको जिम्मेवारीबाट बाहिरिएर जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएका थिए।

प्रकाशित मिति : २०८२ माघ ३ गते शनिबार